मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट !

मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९० कम्पनीको कुल ४७ लाख २७ हजार ९०२ कित्ता सेयर १ अर्ब २८ करोड २ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ, १२६ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड  रहेकाे छ जसको सेयर मूल्य ९.९७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलप्मेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.३३% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोडको ४९ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्युमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमइ बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top