नेप्से इन्ट्राडे अपडेट: ११.०२ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.०२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ११.०२ अङ्कले घटेर १८८५.६९ मा आएको हो। २७२ कम्पनीको १,५१९,७८० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४८ करोड २३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ६.५१% वृद्धि भएको छ भने टप लुजरमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ जसको सेयर मूल्य ६.४१% ले घटेको छ।

Comments

Back to top