मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार ५ बजेर ८ मिनेटसम्म १० लाख ५७ हजार ८२८ आवेदकले १ करोड १५ लाख २३ हजार १५० कित्ता शेयरका लागि १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले जारी पुँजि ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा सो रकमको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी बसेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Comments

Back to top