दोस्रो कारोबार दिन नेप्सेमा ११.२७ अंकको गिरावट!

आइतबारको वृद्धिलाई तोड्दै सोमबार नेप्सेमा केहि अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९० कम्पनीको कुल ६० लाख १७ हजार ३९७ कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढेको छ, १६६ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो।

प्रमुख कारोबार

यस दिन टप गेनरमा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड  रहेकाे छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०४% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ७७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्युमका आधारमा सबैभन्दा धेरै प्रभु बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top