आइतबार नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम दुई अर्बभन्दा माथि! !

आइतबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९४ कम्पनीको कुल ६५ लाख ३० हजार ६४३ कित्ता सेयर २ अर्ब १ करोड १७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ, २३ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा छ्याङदि हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड र एनएमबी सुलभ इन्भेष्मेन्ट फण्ड २ रहेकाा छन् जसको सेयर मूल्य २.४७% ले घटेको छ। कारोबार रकम र भोल्युमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोडको ६६ लाख बरबारको सेयर कारोबार भएको छ।

Comments

Back to top