नेपाल वेरहाउजिङ कम्पनीको आजदेखि आईपीओ बिक्री खुला

नेपाल वेरहाउजिङ कम्पनीले आजदेखि सर्वसधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर आजदेखि बिक्री गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ ।

Comments

Back to top