उन्नति सहकार्यको एफपीओ आज बाँडफाँड हुँदै

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड आज हुँदैछ । कम्पनीका शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार मंसिर ८ गते बिहान ९ बजे एफपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको एफपीओमा १२ लाख २२ हजार ९ सय ११ जनाले आवेदन दिएका छन् । कम्पनीको थप सार्वजनिक निष्कासनमा १ अर्ब २४ करोड २२ लाख ९१ हजार १ सय रुपैयाँबराबरको १ करोड २४ लाख २२ हजार ९ सय ११ कित्ता शेयरका लागि आवेदन परको हो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ दरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्कासनमा ल्याएको थियो । कम्पनीको आईपीओमा मागभन्दा ७० गुणा बढी आवेदन परेको हो ।

एफपीओमा परेको आवेदनअनुसार हरेक ६८ जनामध्ये १ जना आवेदकलाई शेयर पर्ने भएको छ ।

 

Comments

Back to top