नेप्सेमा सामान्य अंकको वृद्धि, १ अर्ब ३४ करोडको कारोबार!

बिहिबार नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९२ कम्पनीको कुल ४४ लाख २० हजार ५१८ कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६१ कम्पनीको सेयर मूल्य बढेको छ, ६७ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नबिल बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.२०% ले घटेको छ। कारोबार रकमका आधारमा नबिल बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोडको १० लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधरमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top