नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले कुल ११ प्रतिशत लाभांश (११ प्रतिशत नगद लाभांश अर्थात प्रतिशेयर ११ रुपैयाँ) घोषणा गरेको छ । बैंक संञ्चालक समितिको बिहीबार अर्थात आज बिहान ९ः३० बजे बसेको बैंकले नगद मात्रै लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभाशं बैंकको आउँदो वार्षिक साधारण सभा र राष्ट्र बैंकले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Comments

Back to top