हालसम्म हिमालयन रि इन्स्योरेन्सको आईपीओमा २० करोड रुपैयाँको आवेदन

हिमालयन रि इन्स्योरेन्स निष्काशन गरेको पहिलो चरणको आइपीओमा २० करोड ६ लाख ६२ हजार ५४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार मंसिर ६ गते साँझ ५ः०७ बजेसम्म ११ हजार ३६३ जनाले ९ लाख ७४ हजार ९० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन भएको छ । अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ । सोबाट कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

Comments

Back to top