रुस-युक्रेन युद्धले महंगी बढाउने : विश्व बैंक

रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् ।

युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको मालपासले उल्लेख गरेका छन् । रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने चेतावनी पनि उनले दिए। आगामी केही दिनभित्र विश्व बैंकले युक्रेनलाई लाखौँ डलर बराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको समेत समाचारमा उल्लेख छ ।

Comments

Back to top