कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा
रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको मूल्य सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । यसले संसारभरको अर्थतन्त्रमा प्रभाव पर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ। बीबीसीले पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएको जनाएको छ । यसको प्रभाव नेपालमा समेत उस्तै देखिएको छ ।
Comments