मंगलबार बैंक तथा वित्तीय संस्था, नेप्से बन्द

फागुन २४ गते मंगलबार बैंकहरु बन्द हुने भएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

त्यस्तै, मंगलबार सेयर बजार पनि बन्द हुने भएको छ ।

Comments

Back to top