मधुमेह कम गर्न खाऔँ यी भोजन

लो ग्लाइसेमिक इन्डेक्स एउटा यस्तो मापन पद्धति हो जसबाट हामीले खाने भोजनमा हुने कार्बाेहाइड्रेट्स कति समयमा ग्लुकोजमा परिणत हुन्छ भन्ने थाहा हुन्छ। मधुमेहका विरामीले कम ग्लाइसेमिक इन्डेक्स हुने किसिमका भोजनहरु सेवन गर्नुपर्दछ । जानौं केही यस्ता भोजन जसमा ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ र मधुमेहका विरामीका लागि उपयुक्त हुन्छ । 

ओट्स : ओट्समा बिटा ग्लुकेन र फाइबर प्रशस्त मात्रामा हुने गर्दछ, साथसाथै यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुने गर्दछ । त्यसैले मधुमेहका विरामीले ओट्स सेवन गर्दा यसले सुगरको मात्रालाई नियन्त्रित राख्न मद्दत गर्दछ ।

राजमा : ग्लाइसेमिक इन्डेक्स कम हुने पोषकतत्वमा राजमा पनि एक हो । त्यसैले मधुमेहबाट बच्न र मधुमेहका विरामीले पनि राजमा सेवन गर्नु फाइदाजनक हुन्छ । 

अण्डा : मधुमेहका विरामीले अण्डाको सेवन गर्न सक्छन्, किनकि अण्डामा ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ । प्रोटिनले भरिपूर्ण अण्डाले सुगर लेभल नियन्त्रण गर्न पनि राम्रो भूमिका निर्वाह गर्दछ ।

मोही : मोही ग्लइसेमिक इन्डेक्स कम हुने मात्र नभई क्यालोरी ड्रिंक्स पनि हो । त्यसैले शरीरलाई स्वस्थ र सुगरको मात्रालाई सन्तुलित राख्नका लागि मोही सेवन गर्नु उपयुक्त मानिन्छ । 

ब्राउन राइस : मधुमेहको समस्यामा सेतो चामलको सट्टा खैरो चामलको सेवन फाइदाजनक मानिन्छ । यसमा पनि ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ । 

साथसाथै, कम ग्लाइसेमिक इन्डेक्स हुने भोजनहरु दुध, चना, अंगुर, गाँजर, सुन्तला, स्ट्रबेरी र मुंगको दाल हुन् । मधुमेहको समस्यामा यी कम ग्लाइसेमिक इन्डेक्सयुक्त भोजन सेवन गर्नु लाभदायी हुन्छ ।

Comments

Back to top