इजरायलमा युद्धपोत र फाइटर जेटहरू पठाउँदै अमेरिका

अमेरिकाले इजरायललाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा विमानवाहक युद्धपोत र फाइटर जेटहरू पठाउने तयारी गरेको छ । साथै, जारी युद्धमा प्रतिरक्षाका लागि थप उपकरण र गोलाबारुद उपलब्ध गराउने बताएको छ।

हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राखेर अमेरिकाले यो कदम चालेको हो । ह्वाइट हाउसले आगामी दिनमा इजरायललाई थप सैन्य सहायता पठाइने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । यता अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले यूएसएस जेराल्ड आर. एउटा फोर्ड विमान वाहक, एउटा क्षेप्यास्त्र क्रुजरलगायत त्यसतर्फ लागेका छन्। अमेरिकी लडाकु विमान पनि पठाइने उनले बताएका छन् ।

 

Comments

Back to top