निर्वाचन आयोगले कीर्तिपुर र काठमाण्डाै–१६ मा अनुगमन टाेली खटायाे

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाण्डाै महानगरपालिका वडा नम्बर १६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।

आउँदो आइतवार मङ्सिर १६ गते हुने उपचुनावकाे प्रचारप्रसारका क्रममा आचारसंहिता पालना गरे वा नगरेको अनुगमनका लागि टोली खटाएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिए ।

चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मङ्सिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो । आयोगले उपचुनाव हुने सबै पालिकामा प्रचारप्रसारको सुक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ ।

एजेन्सी

Comments

Back to top