इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने
सरकारले इजरायल आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरिएको छ ।
त्यस्तै सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले यस्तो निर्णय गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैको खर्च सरकारले नै बेहोर्ने छ ।
त्यस्तै अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने पनि बताइएको छ ।
Comments