इजराइललाई अमेरिकाले नयाँ सैन्य सहयोग दिने सम्भावना
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि इजराइलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताएका छन् । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएको सीएनएनले जनाएको छ । आक्रमणहरूको सामना गर्न यो क्षणमा इजराइललाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेन को निर्देशन रहेको पनि उनले उल्लेख गरेका छन् ।
अमेरिका इजरायलको पक्षमा छ । यसैबीच, इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गरेका छन् । उनीहरुबीच टेलिफोनमा कुराकानी भएको तर थप विवरण सार्वजनिक नगरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायलमाथि आक्रमण गर्ने हमास समूहलाई समर्थन गरेको छ ।
इजरायलमा हमासको आक्रमणबाट सात सय भन्दा धेरै जनाको ज्यान गएको छ । यस्तै, प्यालेस्टाइनतर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।
Comments