विमानस्थल भन्सारको संशोधित सूचना- चेकजाँचमा झन्झट हुने सामग्री सकेसम्म नल्याउनू
काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गरेको छ । सूचना संशोधन गर्दै चेकजाँचमा झन्झटिलो हुने सामान नल्याउन विमानस्थलले आग्रह गरेको छ ।
विमानस्थल भन्सारले एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत् आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, हेयर ड्रयाएर, मिक्सर, पानी तान्ने मेसिन ल्याउन तथा पठाउन नपाउने होइन, उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भएसम्म नल्याउन भनिएको हो ।”
Comments