कोशी मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोको दाबी

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कांग्रेसले दुई पटक सरकार बनाएपनि विश्वासको मत पाउन नसकेको भन्दै अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको हो ।

प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग नेता आङ्बोले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।’

अहिले तुलात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ । राप्रपासँग केन्द्रमा नेताहरुले सम्वाद गरिरहेको र मध्यावधिलाई रोक्न राजनीतिक स्थायित्व दिनका लागि भएपनि गठबन्धनसँग सहकार्य गर्न राप्रपा सकरात्मक उनकाे भनाइ छ ।

Comments

Back to top