इजरायलमाथि हमासद्वारा भिषणआक्रामण

अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा एक जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन्।

स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजरायली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए ।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए। प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले  हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ ।

गाजापट्टीबाट इजरायली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजरायली सेनाले बताएको छ ।

Comments

Back to top