स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज !!

स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

स्याउसँग वा यो खाएपछि केही चिज खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । 

१. मूला

स्याउ खाएपछि तुरुन्तै मूला खानु हुँदैन । किनभने स्याउ र मूला दुवैमा शीतल प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै मूला खाँदा शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

२. पानी

स्याउ खाएपछि बिर्सेर पनि पानी पिउनु हुँदैन । किनभने स्याउ खाएलगत्तै तुरुन्तै पानी पिउँदा पेटको पीएच लेभल बिग्रन्छ । यसले पाचन गडबडी, पेट फुल्ने र अपच हुन सक्छ । साथै, छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

३. दही

स्याउ खाएपछि सकेसम्म दही पनि नखानुहोस् किनभने स्याउ र दही दुवैमा चिसो प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै दही खाँदा पनि शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

४. अमिलो फल र अचार

स्याउ खाएपछि तुरुन्तै अमिलो फलफूल र अचार खानु हुँदैन । स्याउ खाएपछि तुरुन्तै सिट्रस फलफूल र अचार खाँदा पेटमा साइट्रिक एसिड बढेर पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ । 

Comments

Back to top