बझाङ भुकम्पमा घर पूर्ण क्षति भएकालाई ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेका छन् ।
बझाङको दरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए ।
Comments