दुई समुदायबीच पुनः विवाद उत्पन्न भएपछि नेपालगञ्जमा फेरि कर्फ्यु

बाँकेको नेपालगन्जमा पुन: कर्फ्यु लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद कम हुँदै गएको भन्दै हिजो बिहीबार बेलुकादेखि रातिको समयमा मात्रै कर्फ्यु लगाउनेगरी दिउँसोको कर्फ्यु हटाइएको थियो ।

तर दुई समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

Comments

Back to top