विश्वकप क्रिकेट : इङ्ल्यान्डले दियो न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य दिएको छ।

भारतको अहमदाबादमा जारी उद्घाटन खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पूरै ओभरमा ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो।

इङ्ल्यान्डका लागि जो रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए। कप्तान जस बटलरले भने ४२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे।

Comments

Back to top