एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषण गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। नेपाल, इरान, बहराइन र साउदी अरेबियासँगै समूह ‘ए’मा रहेको छ।

नेपालले आफ्नो पहिलो खेल इरानँग असोज २५ गते खेल्नेछ। मलेसियामा आयोजना हुने प्रिमियर कप असोज २५ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली टोली

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहोरा,

रिजर्भ
प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ, राजेश यादव

Comments

Back to top