इटालीमा पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ घाइते

इटालीको भेनिस सहर नजिकैको फ्लाईओभरबाट बस खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा फ्लाइओभरबाट बस खसेको थियो।  घटनामा कम्तीमा १८ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डि बारीले बताएका छन् ।

भेनिसका मेयर लुइगी ब्रुगनारोले घटनालाई “ठूलो त्रासदी” भएको बताएका छन्। “एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,” उनले सामाजिक सञ्जालमा भनेका छन्।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको थियो। बस मिथेन ग्यासबाट संचालित थियो र बिजुलीको लाइनमा खसेपछि आगो लागेको थियो।

Comments

Back to top