सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह
सरकारले जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको हो।
मंगलबार नेपालगञ्जमा तनाव भएको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकले विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने आग्रह गरेको हो ।
यस्तै सरकारले सामाजिक सञ्जाल सञ्चालक र प्रयोग कर्तालाई सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हित कायम गर्न भनेको छ ।
Comments