भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

भारतका पत्रकारहरुको निवासमा प्रहरीले छापा मारेको छ । मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा दिल्ली प्रहरीले छापा मारेको हो ।

केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले हिजो मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको जनाइएको छ ।

 

Comments

Back to top