बझाङ भूकम्पमा घाइते हुनेको संख्या १३ पुग्यो
बझाङमा भूकम्पमा घाइते हुनेको संख्या १३ पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घाइतेको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।
बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
Comments