पाकिस्तानी पेलोड लिएर चीनले चन्द्रमामा यान पठाउने

पाकिस्तान र चीनबीचको मित्रता अब अन्तरिक्षमा सहयोगतर्फ अघि बढिरहेको छ ।

चीनको अन्तरिक्ष एजेन्सी चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले चन्द्रमामा आफ्नो अर्को मिसनमा पाकिस्तानको पेलोड पनि आफूसँगै लैजाने बताएको छ।

यस चिनियाँ अभियानलाई चाङ्गे-६ नाम दिइएको छ, जसलाई २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा पठाइनेछ।

यसको लक्ष्य चन्द्रमाको दक्षिणी भागबाट माटो ल्याउनु हो।  ग्लोबल टाइम्सको रिपोर्टमा भनिएको छ कि चन्द्रमामा हालसम्म पठाइएका १० वटा मिसनहरू चन्द्रमाको नजिकको भागमा अवतरण गरिएका छन्।

चीनको चाङए–६ मिसनले केही देशबाट पेलोड बोकेर चन्द्रमामा जानेछ । यसमा फ्रान्स, इटाली र पाकिस्तान सामेल छन्।

 

Comments

Back to top