लण्डनको भारतीय उच्चायोग बाहिर खालिस्तान समर्थकहरुको प्रदर्शन

लण्डनको भारतीय उच्चायोग बाहिर खालिस्तान समर्थकहरुले प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई उच्चायोग अगाडि सडकको अर्को छेउमा थुनेको छ ।

प्रदर्शनकारीले हरदीप सिंह निज्जरको फोटोसहितका प्लेकार्ड बोकेका छन् । उनीहरुले बेलायती सरकारसँग क्यानडा सरकारले जस्तै सिखको मामिलामा भारतको हस्तक्षेप रोक्न पनि काम गरोस् भन्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरूले भने, “क्यानडा सरकारले आफ्नो संसदमा भारतको बारेमा बोलेको तरिकाले त्यहाँ भारत सरकारको हस्तक्षेप स्पष्ट रूपमा देखाउँछ। भारत सरकारले हामीलाई सिखहरूलाई बदनाम गर्न खोजिरहेको छ।”

भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बनेपछि बेलायतका लागि भारतीय उच्चायुक्त विक्रम दोराई स्वामीलाई दुई दिनअघि स्कटल्याण्डको गुरुद्वारा प्रवेश गर्नबाट रोक लगाइएको थियो । जसबारे भारतीय उच्चायुक्तले बेलायती सरकारमा गुनासो गरेको थियो ।

यसअघि सेन्ट्रल लण्डनस्थित भारतीय उच्चायोगबाट तिरङ्गा झण्डा हटाउने प्रयास पनि भएको थियो । औपचारिक उजुरी गर्दा भारतले त्यहाँ राम्रो सुरक्षा व्यवस्थाको मुद्दा उठाएको थियो।

Comments

Back to top