जापानमा कामदार पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा
वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको छ ।
विभागले आज वैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा जापान पठाएको अभियोगमा १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको हो ।
विभागका सुचना अधिकारीले एक विज्ञप्ति जारी गर्दै यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको बताएका छन् । जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विज्ञपीतमा उल्लेख छ । ।
यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।
Comments