गौशालामा गोली चल्दा एक जना घाइते

काठमाडौंको गौशालामा गोली प्रहारबाट एकजना सख्त घाइते भएका छन् । उनी काठमाण्डु महानगरपालिका-९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालक हुन् ।

प्रहरी स्रोतका अनुसार सोमबार बिहान करिब साढे ११ बजेको समयमा गौशालामा एक जनामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई सिनामंगलस्थित काठमाण्डौं मेडिकल कलेज लगिएको र उनको अवस्था गम्भीर रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरीले जनाएको छ । फरार भएका व्यक्तिको प्रहरीले अनुसन्धान थालेको छ ।

Comments

Back to top