वीरेन्द्रनगरमा आइतबार बिहानदेखि आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहानैदेखि अशान्त बनेको छ । सुर्खेतमा शुक्रबार र शनिबार दुई घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तहरूले आन्दोलन गर्दा वीरेन्द्रनगर आन्दोलित बनेको हो ।
वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरी र शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए ।
होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन्।
Comments