पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको प्रतिसिलिण्डरमा २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ ।
Comments