नासाका अनुसार ‘न्युयोर्ककाे ताैल १७ ट्रिलियन पाउण्ड, जसले शहर डुबाउँदैछ’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले न्युयोर्क शहर लगातार डुबिरहेको जनाएको छ । नासाका अनुसार यसको कारणको रुपमा शहरको वजनलाई देखाईएको छ । यो प्रतिवेदन सार्बजनिक भईरहेको बेला न्युयोर्कमा अत्याधिक बर्षा भएको छ । जसकाकारण न्युर्योकको जनजीवन पुरै ठप्प जस्तै भएकाे छ ।

नासाको प्रतिवेदनका अनुसार सहरको आर्थर एशे स्टेडियम, कोनी आइल्याण्ड र लागार्डिया एयरपोर्ट सम्भावित प्रकोपबाट विनाश हुने पहिलो स्थानहरूमा पर्नेछ। यो प्रतिवेदन नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको हो ।

यस प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०१६ देखि २०२३ सम्म आर्थर एशे स्टेडियम र लागार्डिया एयरपोर्ट ४.६ एमएम र ३.७ एमएमले डुबिसकेकाे छ।

लगातार बढ्दै गएको समुन्द्री सतहका कारण न्यूयोर्कमा डुबेको जोखिम लगातार बढिरहेको उसको भनाई छ । प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्यूयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउनु निरन्तर चुनौती रहेको उल्लेख गरेका छन ।

न्यूयोर्कका क्षेत्रहरू जुन द्रुत रूपमा डुबिरहेका स्थानहरुमा गभर्नर्स आइल्याण्डको दक्षिणी भाग, स्टेटन आइल्याण्डको मिडल्याण्ड र दक्षिणी समुन्द्री किनारा र दक्षिणी क्वीन्स समावेश छन्।

Comments

Back to top