दिल्लीस्थित अफगानी दूतावास आजदेखि बन्द
नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासले बताएको छ ।
सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ भने रिक्तस्थानमा नयाँ नियुक्ति गरिएको छैन ।
भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ ।
यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा यही सेप्टम्बर ३० देखि दूतावास बन्द हुने जानकारी दिइएको छ ।
Comments