आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने तिथि छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो पञ्चाङ्गमा प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने उल्लेख गरेको समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

Comments

Back to top