मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

दलको शुक्रबार बसेको बैठकले कार्कीलाई मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको थियो ।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रुपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

 

Comments

Back to top