खाना खाएपछि नुहाउन हुँदैन

खाना हाम्रो जीवनको अपरिहार्य कुरा हो । खानासँग व्यक्तिको जीवन जोडिएको हुन्छ । खानपान व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । खाना खाइसकेपछि नुहाउन राम्रो मानिदैन । आयुर्वेदमा यसलाई उचित मानिदैँन ।

आयुर्वेदका अनुसार मानिसको दिनचर्याका लागि निश्चित समय तोकिएको हुन्छ । आयुर्वेदमा खाना खाएपछि दुई घण्टासम्म नुहाउन नहुने उल्लेख गरिएको छ ।

खाना खाएपछि पञ्च तत्वमध्ये अग्नि तत्व सक्रिय हुन्छ, जसले पाचनका लागि रगतको सञ्चार बढाउँछ । खाना खाइसकेपछि नुहाउनाले मेटाबोलिज्म सुस्त पार्छ । पाचन प्रक्रिया राम्रो हुनाका लागि शरीर तात्न जरुरी हुन्छ । खाना खाएपछि चिसो पानीले नुहाउँदा शरीरकाे तापक्रम घट्छ र पाचन प्रणालीमा असर गर्छ।

खाना खाए पछि नुहाउनाले पुरै शरिरमा गढबडी आउँछ । त्यसैले खाना खाए पछि २ देखि ३ घण्टामा नुहाउनु पर्छ ।

 

Comments

Back to top