१४.२ किलोभन्दा माथिका सिलिण्डरको प्रयोग नगर्न निमगको आग्रह
नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।
निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरसमेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निगमले त्यस्ता सिलिन्डरको प्रयोग नगर्न उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।
Comments