आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने शिक्षक महासंघको चेतावनी
नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
काठमाडौं महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने सूचना जारी गरेपछि महासंघले आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने विज्ञप्तिमार्फत प्रतिवद्धता व्यक्त गरेका छन् ।
महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने समेत जनाएको छ ।
Comments