सुरक्षा वार्ताका लागि चिनियाँ कूटनीतिज्ञ वाङ रुसको चारदिने भ्रमणमा

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि आजदेखि रूसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।

“युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एशिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,“ विदेशमनत्रालयका एक प्रवक्ताले भने । 

गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । 

गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रूस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका थिए ।

 

Comments

Back to top