फेरि पार्टीको नाम फेर्ने तयारीमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले फेरि पार्टीको नाम फेर्ने तयारी गरेको छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग एकता गर्ने शर्तमा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको सर्कुलरमा नै पार्टीको नाम फेर्नेबारे उल्लेख छ ।

‘पार्टीले जारी गरेको सर्कुलरमा भनिएको छ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।

Comments

Back to top