७६ प्रतिशत रेटिङका साथ प्रधानमन्त्री मोदी बनेका छन् विश्वकै सबैभन्दा लोकप्रिय नेता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । हालै मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन् ।
‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले ७६ प्रतिशत ग्लोबल रेटिङ पाएका छन् । अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’ मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन्।
यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए।
सो रेटिङका अनुसार १८ प्रतिशत जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन् । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन्।
यसैगरी विश्वब्यापी सर्वेक्षणको दोस्रो स्थानमा स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन् । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन् भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्वेक्षणमा देखिएको छ।
Comments