प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको अठहत्तरौं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार अमेरिका प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comments

Back to top