जम्मु कश्मीरमा चरमपन्थीसँगको भिडन्तमा भारतीय कर्णेल, मेजर र डीएसपीको मृत्यु

भारत प्रशासित जम्मु कश्मीरमा चरमपन्थीसँगको भिडन्तमा भारतीय सेनाका एक कर्णेल, एक मेजर र एक डीएसपी मारिएका छन्।

बुधबार बिहान अनन्तनागको गारोल क्षेत्रमा चरमपन्थीसँगको गोली हानाहानमा १९ राष्ट्रिय राइफल्सका कमाण्डिङ अफिसर र जम्मू कश्मीर प्रहरीका एक मेजर तथा डीएसपी हुमायुन भाट गम्भीर घाइते भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार यी अधिकारीहरुको उपचारका क्रममा मृत्यु भएको हो । हुमायुन भट्टको दुई महिनाकी छोरी छिन् । उनी जम्मू कश्मीरका रिटायर्ड आईजीका छोरा हुन्। घाईतेपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो ।

प्रतिबन्धित प्रतिरोधी मोर्चाले यस आक्रमणको जिम्मेवारी लिएको छ। यो पाकिस्तानको लश्कर-ए-तैयबको सहायक संगठन हो भन्ने विश्वास गरिन्छ।

उच्च स्थानमा लुकेर बसेको सूचना बिहान प्राप्त भएपछि पुनः कारवाही सुरु गरिएको अधिकारीहरूले बताएका छन् । मेजर र डीएसपी भाट पनि गोली लागेर गम्भीर घाइते भएका छन् ।

Comments

Back to top