पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ।
ढाकाकुमार रास्वपाबाट निस्काशित पूर्व सांसद् हुन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडिओ बाहिरिएपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। ढाकाकुमारले केही दिनअघि रास्वपाको कोर टिमको खुलासा गरेका थिए।
रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीबाट निष्कासित डा. श्रेष्ठकाे अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।
साथै रास्वपाले अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ।
Comments