जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रचण्डको आग्रह
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन आग्रह गरेका छन्।
हेटौँडामा आयोजित समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दे उनले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गरे।
‘हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर अब पनि हामी यस्तो कदापि हुन दिने छैनौँ’, उनले भने।
सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ।
सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान शुरु गरेपछि चौतर्फी आक्रमण शुरु भएको पनि प्रचण्डले दाबी गरे।
Comments